मूल खबर

नारायणहिटी भित्र रेष्टुरेन्ट बनाउने काम रोक्न मन्त्रालयको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नारायणहिटी राजदरबार संग्रालय भित्र रेष्टुरेन्ट बनाउने काम रोक्न आदेश दिएको छ।

नारायणहिटी भित्र रेष्टुरेन्ट बनाउन बतास समूहलाई ठेक्का दिइएकोबारे समाचार सार्वजनिक भएसँगै चौतर्फी आलोचना भइरहेको छ।

आलोचना भएपछि पर्यटनमन्त्री प्रेम आलेले ठेक्का पाएको बतास समूहलाई निर्माण कार्य रोक्न मौखिक निर्देशन दिएको नारायणहिटी दरबार संग्राहलय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले जनाएको छ।

‘‘..सञ्चारमाध्यमहरुमा आएका समाचारका कारण विवाद सृजना हुन गएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्राको मौखिक आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य रोक्न हुन जानकारी गराइन्छ,’ पत्रमा भनिएको छ।

समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले मन्त्रालयले काम रोक्न निर्देशन दिएपछि कम्पनीलाई पत्र काटेर काम रोक्न भनिएको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button