स्वास्थ्य

शनिबार थप ४६३६ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

काठमाडौं।

पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ६३६ जनामा कोारोाना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,४१२ पीसीआर परीक्षणमा ३,७०३ र ४,१४४ एन्टिजेन परीक्षणमा ९३३ जना गरी ४,६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ३५० जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ । मन्त्रायलका अनुसार हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ ।

यस्तै उपत्यकामा २,२१९ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १,५९१ जनामा संक्रमण देखिएको छ । यस्तै ललितपुरमा ४८६ र भक्तपुरमा १४२ जनामा संक्रमण पुष्टि भएको छ ।न्युज अफ नेपाल,

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button