स्वास्थ्य

अर्को साता दैनिक २० हजार संक्रमित हुने

काठमाडौं
संक्रमण दर तीव्र गतिले बढेकाले अर्को साता बढेर दैनिक २० हजारसम्म पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रक्षेपण छ । अर्को साताभित्र संक्रमणदर उच्च पुगेर विस्तारै ओरालो लाग्न सक्ने देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले बताए । उनले भने, अर्को साता या माघको १५ पछि विस्तारै संक्रमण ओरालो लाग्ने देखिन्छ ।

संक्रमणदर तीन दिनमै दोब्बरले वृद्धि हुँदै गएकाले सबै सतर्क हुन आवश्यक रहेको डा. पौडेलले बताए । पौडेलका अनुसार अहिलेको संक्रमणमा ओमिक्रोन भेरियन्टको वर्चश्व बढी रहेकाले संक्रमितको तुलनामा अस्पताल भर्नादर कम छ। यो भेरियन्टले श्वासप्रश्वास नलीको माथिल्लो भागमा संक्रमण बढी गर्ने भएकाले संक्रमितमा गम्भीर लक्षण कम भएको तर खोप लिएकामा समेत संक्रमण भएको पाइएको छ ।  नागरिक दैनिकमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button