
मेचीनगर । झापाको मेचीनगर ७ स्थित टोकला गेट अगाडि भएको सवारी दुर्घटनामा परि मेचीनगरका ७ का शन्तोष राजवंशीको निधन भएको छ । ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाका ईन्चाज प्रहरी नायव निरिक्षक यज्ञराज शर्माका अनुसार बुधबार बेलुकी करिब ७ बजे भएको सवारी दुर्घटनामा राजवंशीको निधन भएको बुझिएको छ । प्रहरी नायब निरिक्षक शर्माका अनुसार ईटाभट्टाबाट काँकरभिट्टातर्फ आउँदै गरेको मे१ झ१७२ नं को स्करपियो र काँकरभिट्टाबाट ईटाभट्टातर्फ जाँदै गरेको मे ९ प ७९२७ नं को डिस्कभर मोटरसाईकल टोकला गेट अगाडि एकआपसमा ठोक्किन पुग्दा दुर्घटना भएको थियो भने मोटरसाईकलमा सवार राजवंशीको उपचार गर्न लैजादै गर्दा निधन भएको बुझिएको छ ।
प्राप्त जानकारी अनुसार मे १ झ १७२ नं को स्करपियो मेचीनगर नगरपालिकाको भएको थाहा भएको छ ।




