मूल खबर

यसरी लिँदैछ सडकका खाल्डाले मानिसको ज्यान

काठमाडौं

चितवनमा सडकछेउको खाल्डोमा फसेर हालै दुर्लभ एकसिंगे गैंडा म¥यो। सडक विस्तारका क्रममा नाली बनाए पनि नपुरी छाडेको खाल्डो नै १२ वर्षको भाले गैंडालाई पासो बन्यो। चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले विकास निर्माण ‘संरक्षणमैत्री नभएको’ भन्दै असन्तुष्टि जनाए।

यस्तै, काठमाडौं बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको मूलगेटनजिकै सडकको खाल्डोमा २०७५ कात्तिक १० मा साइकल यात्री श्याम श्रेष्ठले ज्यान गुमाए। ढल निर्माणका लागि बनाइएको खाल्डोमा खसेर काठमाडौं महानगरपालिका–१५ चागलका श्रेष्ठको मृत्यु भएको हो।

यस्ता खाल्डाखुल्डी मात्रै होइन, सडकमा अलपत्र छाडिएका नालीलगायत संरचनाले दुर्घटना बढाइरहेको देखिन्छ। खाल्डाखुल्डीकै कारण २०७६÷७७ मा ५२ वटा सवारी दुर्घटना भएको प्रहरीको तथ्यांक छ। यो संख्या २०७७÷७८ मा बढेर १ सय १४ पुगेको देखिन्छ। यस्ता दुर्घटनामा कति अंगभंग भए, कतिले ज्यान गुमाए भन्ने तथ्यांक छैन।

जथाभावी सडक भत्काउने क्रमसँगै जोखिम बढेको प्रहरी प्रवक्ता विष्णुकुमार केसी बताउँछन्। सडक विभागले अनुमति दिने तर जिम्मेवार निकायले व्यवस्थित तरिकाले काम नगरेको प्रवक्ता केसीको ठम्याइ छ। ‘विकासका काम हुनुपर्छ। तर, व्यवस्थित रूपमा गर्नुपर्छ’, प्रवक्ता केसी भन्छन्, ‘यात्रु नफस्ने गरी व्यवस्था मिलाएर गर्नुपर्नेमा त्यो देखिएको छैन।’
सबैभन्दा पहिले त सडक विभाग जिम्मेवार बन्नुपर्ने उनी बताउँछन्। ‘त्यसपछि सडक मर्मत र भत्काएर संरचना विस्तार गर्नेहरू जिम्मेवार हुनुपर्छ’, उनी भन्छन्, ‘हामीले आग्रह गर्ने हो। निर्देशन दिने र कारबाही गर्ने अधिकार सोझो रूपमा हामीलाई छैन।’ अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button