खेलकुद

क्रिकेट खेलाडीको वर्गीकरण : कुन श्रेणीमा को, कति हुन्छ तलब ?

काठमाडौं
नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीको वर्गीकरण गर्दै सेन्ट्रल कन्ट्र्याक्टमा अनुबन्ध गरेको छ। क्यानको बिहीबार बसेको बैठकले महिला तथा पुरुष खेलाडीलाई सन् २०२२ का लागि सेन्ट्रल कन्ट्र्याक्टमा अनुबन्ध गर्ने निर्णय गरेको हो। पुरुषतर्फ ‘ए’ श्रेणीमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसी परेका छन्।

यस्तै ‘बी’ श्रेणीमा कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, अभिनाश बोहरा, शरद् भेषवाकर र विनोद भण्डारी छन्। यसैगरी ‘सी’ श्रेणीमा कुशल मल्ल, रोहितकुमार पौडेल, कमलसिंह ऐरी, विक्रम सोब, साहब आलम, सुशन भारी र पवन सर्राफ छन्।

यसैगरी महिलातर्फ ‘ए’ श्रेणीमा रुबिना क्षत्री, सीता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी परेका छन्। यस्तै ‘बी’ श्रेणीमा सरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सबनम राई र ज्योति पाण्डे छन्। ‘सी’ श्रेणीमा डली भट्ट, कविता जोशी, संगीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र बिन्दु रावल छन्।

वर्गीकरणमा परेका ‘ए’ श्रेणीका पुरुष खेलाडीले मासिक ५० हजार, ‘बी’ले ४० हजार र ‘सी’ श्रेणीका खेलाडीले ३० हजार रुपैयाँ पारिश्रमिक पाउने छन्। यसैगरी ‘ए’ श्रेणीका महिला खेलाडीले १५ हजार, ‘बी’ श्रेणीले १२ हजार र ‘सी’ श्रेणीमा परेका खेलाडीले मासिक १० हजार पारिश्रमिक पाउने छन्।अन्नपूर्ण पोस्टमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button