मूल खबर

एमाले केन्द्रीय सदस्य रञ्जु ठाकुर जसपामा प्रवेश

 

न्युज अफ नेपाल, काठमाडौं ।

तत्कालीन संविधान सभा सदस्य एवं एमाले पार्टीका केन्द्रीय सदस्य रञ्जु ठाकुर बुधबार जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेकी छिन् ।
ठाकुरलाई जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अबिर,माला र गम्छा लगाएर पार्टी प्रवेश गराएका हुन्।

उनीसँगै राजविराजका उद्योगपति समाजसेवी अरूण प्रधानलगायत नेता तथा कार्यकर्ताहरू एमाले पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका हुन्। पार्टी प्रवेश कार्यक्रममा भौतिक पूर्वाधार तथा यतायातमन्त्रीसमेत रहेकी जसपा नेतृ रेणु कुमारी यादवलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button