सृजनाको चौतारी

कम्युनिष्ट!

कविता

प्रमोद प्रवासी

उ पनि कम्युनिष्ट, अनि उ पनि कम्युनिष्ट
उसले भन्छ, उ मात्रै कम्युनिष्ट
अनि उसले पनि भन्छ ,उ मात्रै कम्युनिष्ट
झण्डा उसको पनि उस्तै अनि उसको पनि उस्तै
कुरा र भाषण पनि उसका र उसका उस्तै उस्तै
तर, म कम्युनिष्टको खोजीमा छु
ठूलो पार्टी होईन एउटा मात्रै कम्युनिष्ट
कुरा कम्युनिष्टकैछन् उसका पनि उसका पनि
तर, पार्टी होईन सबै कम्पनीको पनि प्राईभेट जस्ताछन्
तर, उ पनि भन्छ हामी कम्युनिष्ट, हाम्रो पार्टी कम्युनिष्ट
उ पनि उसै भन्छ , हामी मात्रै हौँ कम्युनिष्ट
तर, ठूलो पार्टीको होईन यहाँ एउटा मात्रै मान्छे कम्युनिष्ट खोजीरहेको छु
नामलाई बदनाम गरेर
उसले पनि भन्दैछ म कम्युनिष्ट
उसले पनि भन्दैछ म कम्युनिष्ट
कतै र कोही पनि होईनन् कम्युनिष्ट
कुरामा सबै हुन् कम्युनिष्ट
उ पनि कम्युनिष्ट, उ पनि कम्युनिष्ट तर मात्र कुरामा
काममा न उ, हो कम्युनिष्ट, न उ, हो कम्युनिष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button