मूल खबर

ईन्द्र, केशव र मणी को बन्लान त, मेचीनगरमा मेयरको उम्मेद्वार

मेचीनगर । आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन जतिजति नजिकिदै छ बिभिन्न पालिकामा पार्टीहरुका उम्मेद्वारको चर्चा पनि शुरु भएको छ । नजिकिदो निर्वाचनसँगै झापाको मेचीनगर नगरपालिकामा अन्य राजनीतिकदलको भन्दा नेपाली काँग्रेसका भावी उम्मेद्वारहरुका बारेमा चर्चा शुरु भएको छ । यस अघि पनि मेचीनगर नगरपालिकामा नेपाली काँग्रेसकै पोल्टा मेयर पद परेको थियो ।

अहिले सम्म मेचीनगरमा नेपाली काँग्रेसकातर्फबाट मेयरका उम्मेद्वारमा ईन्द्रबहादुर बुढाथोकी, केशवराज पाण्डे र मणीकुमार उप्रेतीको नाम काँग्रेस वृतमा चर्चामा रहेको छ भने अन्य राजनीतिकदलले पनि संभावित काँग्रेसका उम्मेद्वारका रुपमा यी तीन अनुहारलाई नै नियाली रहेकाछन् । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृह नगर भएका कारण पनि मेचीनगरमा काँग्रेसले जित पक्का गर्ने उम्मेद्वारकै छनौट गर्नु पर्ने बाध्यता रहेको छ । काँग्रेसको तर्फबाट मेयर उम्मेद्वारका लागि बुढाथोकी,पाण्डे र उप्रेतीले ईच्छा प्रकट गरेको स्रोतले बताएको छ । नगरका एक काँग्रेस कार्यकताका अनुसार आउने निर्वाचनमा अहिले चर्चामा आएका नामहरुबाटै उम्मेद्वारको टुङ्गो लाग्ने उनले बताए । औपचारिक रुपमा काँग्रेसले मेचीनगरको काँग्रेसकोतर्फबाट उठ्ने उम्मेद्वारको घोषणा गर्न बाँकी रहे पनि भोली गठबन्धनलाई साथ लिएर जाँदा पनि चर्चामा आएका यी तीन नाम बीच बाटै उम्मेद्वार छनौट हुने नगरका अर्का काँग्रेस कार्यकर्ताले बताए ।

नेपाली काँग्रेस भित्रको लाइनलाई हेर्दा बुढाथोकी महामन्त्री शर्मा निकट भनेर चिनिएकाछन् भने पाण्डे नेता कृष्ण सिटौलाका विश्वास पात्रका रुममा परिचितछन् उता उप्रेती भने मेचीनगर काँग्रेस भित्र शालिन नेताका रुपमा चिनिएकाछन् तर उनलाई किटेरै यो लाइन भन्न सकिने अवस्था देखिएको छैन ।

काँग्रेसका उपल्लो स्तरका नेताहरुले पनि आगामी निर्वाचनमा अहिले चर्चामा आएका मध्येबाटै एक छनौट गर्ने सोचमा रहेको काँग्रेस झापाका एक नेताले चौतारी पोष्ट अनलाइनलाई बताए । अहिले चर्चामा आएका उम्मेद्वारका आकाँक्षीहरु बुढाथोकी,पाण्डे र उप्रेती बीचबाट मेचीनगर नगरपालिकामा काँग्रेसले कसलाई उम्मेद्वार बनाउने हो त्यो भने हेर्न बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button