मूल खबर

उम्मेदवार छान्न वडास्तरमै सकस

काठमाडौं

सत्ता गठबन्धनका दलहरूलाई उम्मेदवार छान्न वडास्तरमै सकस भएको छ। आकाङ्क्षी धेरै हुँदा वडाध्यक्ष र सदस्यका उम्मेदवार छनोट गर्न गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) लाई सकस भएको हो। नेकपा एमालेले भने सबै ठाउँमा सर्वसम्मत उम्मेदवार बनाउने नीति लिएको छ।

‘केही ठाउँमा सर्वसम्मत चयन भएको छ भने धेरैजसोमा आकाङ्क्षी धेरै हुँदा वडा समितिले पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र हुँदै जिल्लामा नामावली पठाउनेछ,’ काँग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले भने, ‘जिल्लासम्म आउँदा उम्मेदवार टुंग्याउँछौं, प्रक्रिया सुरु भइसकेको छ। सदरमुकाम रहेको गोरखा नगरपालिका-६ मा काँग्रेसका तर्फबाट अध्यक्षमा उम्मेदवार दाबी गर्ने सातजना छन् भने एक दलित महिला, एक महिला र दुई खुला सदस्यका लागि १५ भन्दा बढी आकाङ्क्षी छन्। दुईभन्दा बढी उम्मेदवार अधिकांश वडामा छन्। सदरमुकामको वडा भएकाले पनि अन्य दलमा पनि सर्वसम्मत उम्मेदवार चयन गर्न मुस्किल भएको छ। ‘पालिकाले टुङ्ग्याउन नसके क्षेत्रीय समितिमा र त्यसले पनि टुंग्याउन नसके चैत २७ भित्र जिल्लामा आइपुग्नेछ,’ सभापति न्यौपानेले भने, ‘क्षेत्रसम्म नटुगिएको उम्मेदवार जिल्लाले टुंगो लगाउनेछ।’ सत्ता गठबन्धनमा रहेका दलहरूबीच तालमेल हुँदा सहजै जित हात पार्न सकिने दाउमा कतिपयले उम्मेदवारको दाबी छाडेका छैनन् ।  नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button