मूल खबर

काठमाडौंमा बालेन पाँच हजार भन्दा बढी मतले आगाडि

न्युज अफ नेपाल
काठमाडौँ।

काठमाडौं महानगरपालिकामा बालेन शाहले अग्रता कायमै राखेका छन्। काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका बालेनले मंगलबार बिहान अग्रता थप बढाएका छन्।

पछिल्लो मत परिणाम अनुसार उनले १० हजार ८९९ मत पाएका छन्। उनी कंग्रेस र एमालेका प्रतिस्पर्धी भन्दा दोब्बर मतले अगाडि छन्। एमालेका केशव स्थापितले पाँच हजार ८४१ मत पाएका छन् भने कांग्रेसकी सिर्जना सिंहले पाँच हजार ११४ मत पाएकी छन्।

मतगणनाको सुरुदेखि नै अग्रता लिएका बालेनले त्यसलाई कायम राखेका हुन्। अहिलेसम्म काठमाडौं महानगरको वडा नं १ र २ को नतिजा सार्वजनिक भइसकेको छ भने ३,४, ३१ र ३४ नम्बर वडाको मतगणना जारी छ।

उपमेयरमा एमालेकी सुनिता डंगोलले ९ हजार ४१९ मत ल्याएकी छन् भने उनका प्रतिस्पर्धी गठबन्धनका रामेश्वर श्रेष्ठले दुई हजार ४७५ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button