खबर

प्रधानमन्त्री देउवाका भाइको निधन

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना भाइ स्वर्गीय प्रेमबहादुर देउवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रधानमन्त्री देउवाले पशुपतिस्थित आर्यघाट गइ भाइ प्रेमबहादुरको पार्थिव शरीरमा नेपाली काँग्रेसको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरे। यसैगरी, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, पार्टी प्रवक्ता डा. प्रकाशशरण महतलगायत काँग्रेस नेता तथा कार्यकर्ता, स्वर्गीय प्रेमबहादुरका परिवारका सदस्य र आफन्तजनले पनि अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।

लामो समयदेखि क्यान्सर रोगबाट पीडित प्रेमबहादुरको ६७ वर्षको उमेरमा मङ्गलबार बिहान २ बजे वीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
स्वर्गीय देउवाका दुई छोरा वीरेन्द्र देउवा, विक्रम देउवा, तथा छोरीद्वय बिन्दु देउवा बम र सिन्धु देउवा राणा छन् ।झिल्को डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button