मूल खबर

कचनकवल ६ मा काँग्रेसको प्यानल र हल्दिबारी– ४ मा राप्रपाको प्यानल विजयी

मेचीनगर । नेपाली काँग्रेसले कचनकवल गाउँपालिकाको अर्को वडामा पनि प्यानल नै जितेको छ ।

चौतारी पोष्ट अनलाइनलाई प्राप्त पछिल्लो जानकारी अनुसार काँग्रेसले कचनकवल ६ बनियानी बजार रहेको वडा जितेको हो । निवर्तमान वडा अध्यक्ष नेकपा एमालेका कुलबहादुर कार्कीलाई ३८५ मतान्तरलाई हराउँदै काँग्रेसका चिन्तामणि खरेल वडाध्यक्षमा निर्वाचित भएका हुन् । खरेलले १३२४ मत ल्याउँदा कार्कीले ९३९ मत ल्याएका छन् ।

त्यस्तै वडा अध्यक्षका उम्मेदवार राप्रपाका हृदयनारायण सिंह राजवंशी ७७९, माओवादी केन्द्रका हरि बस्नेत २४५, स्वतन्त्र उम्मेदवार निश्चल दाहाल १०७ र लोकतान्त्रिक समाजवादी पार्टीका टीकालाल राजवंशीले ८८ मत प्राप्त गरे । त्यस्तै वडा सदस्यमा काँग्रेसका टेनेस राजवंशी १२७१, लालबाबु मिया १२२४, महिला सदस्य बबिता काफ्ले १३८६ र गुलाफी माझी हरिजन १३९१ मत ल्याएर विजयी भएका छन् । यसअघि कांग्रेसले कचनकवलको पाँचवटा वडामा प्यानलै जितिसकेको छ ।
प्राप्त जानकारी अनुसार हल्दिबारी– ४ मा राप्रपाको प्यानल विजयी भएको छ ।

निवर्तमान वडा अध्यक्ष नेपाली काँग्रेसका होमप्रसाद चुडाललाई हराउँदै राप्रपाका सन्तकुमार थापा वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

थापाले १०७२ र चुडालले ७९८ मत ल्याएका छन् । चुडालभन्दा एमालेका रञ्जित मेचेले बढी मत ल्याए । मेचेले ८१६ मत ल्याएका छन् । त्यस्तै वडा सदस्यहरूमा राप्रपाबाट तारा ढकाल १३१३, सुरेन्द्र वाह्रकोटी १२३७, भगिरथा दाहाल र शान्तादेवी विश्वकर्मा ११७७ मतसहित निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button