खबर

बिर्तामोड नगरको वडा नं –३ को वडाध्यक्षमा बुढाथोकीसहित एमालेको प्यानल निर्वाचित

मेचीनगर ।झापाको बिर्तामोड नगरपालिका वडा नं ३ मा एमालेका मदन बुढाथोकी अध्यक्षमा निर्वाचित भएका छन्। सो वडामा कांग्रेस नेता भोजराज सिटौला निरन्तर वडाध्यक्ष रहँदै आएका थिए ।
बुढाथोकीले २२६३ मत प्राप्त गरिरहँदा प्रतिष्पर्धी नेपाली कांग्रेसका प्रेमप्रसाद उप्रेतीले ११४१ मत पाएका छन् । वडाध्यक्षका अन्य उम्मेदवारहरुमा राप्रपाका किरण पौडेलले ३९१ र जनता समाजवादी पार्टीका हरिनारायण चौधरीले ११६ मत प्राप्त गरे ।

त्यस्तै वडा सदस्यमा पनि एमालेले जितेको छ । महिला सदस्यमा धनसरी राजवंशी १७३५ , दलित महिला सदस्यमा लक्ष्मी रोक्का सार्की १८०३, खुल्ला सदस्यमा भागीमान लिम्बू १६८२ र हरिप्रसाद बाँस्कोटा १७७४ मतले बिजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button