मूल खबर

नेपालको पूर्वी नाका काँकरभिट्टाबाट ३० तोल सुनसहित जैसी पक्राउ

काँकरभिट्टा । नेपालको पूर्वी नाका मेची पुल छेउबाट ३० तोला सुनसहित एक जना पक्राउ परेका छन् ।
भारतबाट नेपाल आँउदै गरेका कैलाली घर भई हाल दमक नगरपालिका–२ मा बसोबास गर्दै आएका ३३ बर्षीय धिरेन्द्र जैसीलाई प्रहरीले बुधवार दिउँसो १ बजे अबैध रुपमा नेपाल भित्राउदै गरेको ३० तोला सुनसहित पक्राउ गरेको हो ।

भारतबाट नेपाल पैदल आउँदै गरेका जैसीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले शंका लागि नेपाल भारत सीमा नदीको पुरानो मेची पुलमा चेकजाँच गर्ने क्रममा उनको साथबाट सुन बरामद गरेको प्रहरीले जनाएको छ ।सो सुनकोे बजार मुल्य अहिले २८ लाख ८७ हजार १८२ रुपैयाँ ६५ पैसा रहेको प्रहरीको भनाई छ ।

सुनसहित पक्राउ परेका जैसीलाई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय बुझाईएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button