खबर

निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानप्रति प्रहरी महानिरीक्षक सिंह प्रतिबद्ध

न्युज अफ नेपाल
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले केही महिनापछि पत्रकार भेटघाट कार्यक्रम गरेका छन् । महानिरीक्षक सिंहले आफूले कार्यभार सम्हाले यता भए गरेका कार्य सम्पादनको जानकारी गराउन पत्रकार भेटघाट गरेका हुन् ।

आज (बिहीबार) महानिरीक्षक सिंहले पत्रकार भेटघाट कार्यक्रम गरेका छन् । उक्त कार्यक्रममा उनले भने, ‘राजनीतिक शक्ति केन्द्र धाउने प्रहरी कर्मचारीको अभिलेख राख्ने काम सुरू भएको छ । मेरो पालामा अब के हुन्छ भन्दा पनि यसको जवाफ तपाईंहरूलाई नै छाडेँ । भोलिका दिनमा देखिहाल्नु हुन्छ ।’

उनको यो अभिव्यक्ति सुनेपछि पत्रकारहरुको प्रश्न थियो, ‘सरकारले १७ महिना तपाईं जस्तो जुनियरलाई आईजीपी बनायो अब तपाईंको पालामा के हुन्छ ?’ प्रश्नको जवाफमा महानिरीक्षक सिंहले आफू ‘वरीयताअनुसार नै बढुवा भएको जिकिर गरे ।’ उनी थप्छन्, ‘ब्याचभित्रैबाट बढुवा हुन्छ । पछिको ब्याचबाट टिपेर अगाडि बढाइन्नँ ।’

त्यस्तै प्रहरी महानिरीक्षक धिरप्रताप सिंहले निर्मला पन्तको बलात्कारपछि हत्याजस्ता सुल्झन बाँकी जघन्य प्रकृतिका घटनाहरूको अनुसन्धानलाई आफूले प्राथमिकतामा राख्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button