स्वास्थ्य

कोरोना संक्रमित बढे, जनचेतनाका कार्यक्रम शून्य

न्युज अफ नेपाल
काठमाडौं ।

प्रत्येक वर्ष उच्च तापक्रमसँगै बढ्दै आएको कोरोना संक्रमितको संख्या यस वर्ष पनि नेपालमा त्यसरी नै बढेको छ ।

नेपाल सरकारको आधिकारिक निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक दिन कोरोना संक्रमितको संख्यामा दोबरले वृद्धि भएको रिपोर्ट सार्वजनिक गर्दै छ । तर के कारणले कोरोना संक्रमित बढे र सुरक्षा कसरी अपनाउने भन्ने बारेमा जनचेतना मूलक कार्यक्रम भने शून्य रहेको छ ।

सोमबार पनि २४ घण्टमा १ सय ६८ जना नयाँ कोरोना संक्रमित बिरामी थपिएको रिपोर्ट स्वास्थ्य मन्त्रालयले दैनिक झैँ सार्वजनिक गरेको छ ।

यस विषयमा थप अध्ययन अनुसन्धान र नयाँ उपप्रजाति प्रमाणित भएको विषयमा भने सरकारले अहिले सम्म आधिकारिक रूपमा मुख नखोल्नु र विश्व स्वास्थ्य संगठन समेत चुपचाप बस्नुलाई स्वास्थ्य विज्ञहरूले निकै चिन्ताजनक विषय भएको औँल्याएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २० जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको उल्लेख गरेको छ ।मन्त्रालयको रिपोर्ट अनुसार २४ घण्टाको अवधिमा ३७ जना निको भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७ सय ७० पुगेको छ ।

यता सर्वसाधारणले खोप लगाइसकेको अवस्थामा मास्क किन लगाउने भनिरहँदा मास्क लगाउनु पर्ने हो वा होइन भन्ने विषयमा स्वास्थ्य मन्त्रालयले कुनै निर्देशन अहिले सम्म जारी नगर्नुले भोलिका दिनमा पुनः कोरोना महामारी हुने त हैन भन्नै स्वास्थ्य विज्ञहरू चिन्ता व्यक्त गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button