सृजनाको चौतारी

फाल्दैनन् कसैले

गजल

दुध पिओर चाहिन्छ गाई भैंशी पाल्दैनन् कसैले,
शुन्दर सफा घर चाह्यो फोहोर फाल्दैनन् कसैले।

भन्छन सबैले महंगी र भ्रष्टचार बढ्यो देश भित्र,
तर देशमा सुब्यबस्थाकै कदम चाल्दैनन् कसैले।

कस्ता दिन आए र सोंच पलायो मानिसहरू को,
अंध्यारो छ भन्छन एउटा दियो बाल्दैनन् कसैले।

घर घरमै छन पार्टी बनेकाछन नेता आआफै मा,
सबै सुखभोगी दुःखको बाटो अगाल्दैनन् कसैले।

गरिबको राज आएन भनी फुटेकाछन आपसमा,
तर पनि सच्चा बर्गशंघर्ष कत्ती थाल्दैनन् कसैले।

धेरै जसो बिकाउ भए पेसाको लागी बने पेसेवर,
इमान्दार हराउँदै गए नेतृत्वनै समाल्दैनन् कसैले।
दाङ—घोराही

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button