

जी एन शर्मा
भङ्ग गर्छन् आफै दङ्ग पनि पर्छन्
दङ्ग मात्रै होइन दम्भ पनि गर्छन्
भङ्ग गर्न बानी परेकाछन् काका
पहिलो भङ्ग भेरियन्ट जन्माए
पुगेन भनेर दोस्रो भङ्ग भेरियन्ट उमारे
कान्छो भन्छ— काकाको विश्वास नै छैन
फेरि तेस्रोको तयारी गर्छन्
कान्छो भन्छ— मलाई भङ्ग भेरियन्ट मन पर्दैन
तेस्रो भङ्ग भेरियन्ट चाहिदैन
कान्छो भन्छ— काकाको विश्वासनै छैन
भन्छन् काका एउटा गर्छन् काका अर्को
पहिलो भङ्ग भेरियन्ट
दोस्रो भङ्ग भेरियन्ट
अब काकाको दाउ छ तेस्रो भेरियन्ट उत्पादन गर्ने
कान्छो भन्छ— यस पटक काकाको दाउ असफल हुन्छ
कान्छो भन्छ— म कान्छो पनि भङ्ग भेयिन्टको पक्षमा छैन
कान्छो भन्छ—बनाउने हो बनाउने भत्काउने होइन काका
जोड्ने हो जोडने तोड्ने होइन काका
कान्छो भन्छ—तपाई फुटाउन खप्पीस हुनुहुन्छ
हामी जुट्नु पर्छ भन्ने सोच राख्छौँ
कान्छो भन्छ— तपाईँ सपनाको खेती गर्नु हुन्छ
हामी समृद्धिका लागि पसिना बगाउने कुरा गर्छौँ
तपाई भङ्ग भेरियन्ट जन्माउनु हुन्छ
हामी भेरियन्टबाट बाच्न र बचाउन सिकाउँछौ
कान्छो भन्छ— काका यस पटक फेल हुनुहुन्छ
हामी यसपटक पास हुन्छौँ
कान्छाको तर्क छ— किनकी भत्काउँदा होइन बनाउँदा राम्रो हुन्छ
तोडेर होइन जोडेर जितिन्छ !



