सृजनाको चौतारी

छैन

गजल

आम चुनावहुदा नागरिकलाई खबर छैन,
युवा श्रमजिविको हाम्रो देशमा कदर छैन।

कसोगरी बिकास हुन सक्छ हाम्रो देशमा ,
स्वयम नेतालाई देश बिकासको रहर छैन।

कुन गलतिको सजाए दियौ युवाहरू लाई,
जन्मिएकै ठाउंमा मर्ने समेत कुनै भर छैन।

सभा गर्छन, सेमिनार गर्छन बिचार गोष्ठी,
खान लगाउनकै लागि नगरेको सफर छैन।

जस्लाई पठाउँछ जनताले शुरक्षाको लागी,
उनिहरूकै रोबरमा खोला छैन र बगर छैन।

नारा सबै पार्टीले गरिब मुक्तिका लगाउंछौं,
गरिब जनताको त गास छैन बस्ने घर छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button