स्वास्थ्य

मौसमी रुघाखोकी केहो? कसरी बच्ने?

डा सुनिल शर्मा आचार्य
साधारणतया वर्षा यामको सुरु तथा अन्त्य र जाडो यामको सुरु तथा अन्त्यमा रुघाखोकी ज्वरो, इन्फ्लुएञ्जाका बिरामी बढी देखिने गर्दछन्। मौसमी रुघाखोकी, भाइरल इन्फ्लुएञ्जा भाइरस अथवा रुघाखोकी मात्रै जे भने पनि यी सबै भाइरल इलनेस हुन्। यो इन्फ्लुएञ्जा भाइरसको कारणले हुन्छ। यो भाइरसको ठ्याक्कै उपचार हुदैन। सामान्य रुपमा दुई चार दिन या एक हप्ता रुघा खोकी लागेर निको हुने हुन्छ।

यदी रोग प्रतिरोधात्मक क्षमता कम भएको बिरामी छ भने उनीहरुलाई सामान्य रुघाखोकीले पनि निमोनियाको रुप लिन सक्छ। वृद्दवृद्वा, दीर्घरोगि, दमका बिरामीहरु, सुगरका बिरामी, कडा खालको औषधि खाईरहेको बिरामीहरु अथवा कुनै क्यान्सर, किड्नीका बिरामी, गर्भवती र बालबालिकाहरुलाई मौसमी रुघाखोकीको जोखिमको सम्भावना उच्च हुन्छ। यो समुहका बिरामीहरुलाई रुघा लग्यो भने अस्पताल नै भर्ना गर्नु पर्ने या मृत्यु नै हुने सम्मको जोखिम हुन्छ। हामीले जोगाउने भने यही समूहका बिरामीहरुलाई हो।

उनीहरुको रोगसंग लड्ने क्षमता कम हुन्छ। त्यसकारण उनीहरुलाई वर्षमा एकपटक लगाउने इन्फ्लुएञ्जाको भ्याक्सिन लगाउन सकिन्छ। त्यो भ्याक्सिन लगाउँदा मौसमी रुघाखोकीबाट जोगिन र यदी लागिहाल्यो भने पनि धेरै जटिल नहुने हुन्छ।

चिसो मौसम सुरु हुन भन्दा अगाडी उक्त सुई लगाउनाले प्रभावकारी काम गर्छ। यो वर्ष वर्षमा लगाउनु पर्छ। निमोनियाको पनि भ्याक्सिन हुन्छ। उक्त भ्याक्सिन एकपटकलगाई सकेपछि पांच वर्ष सम्मलाई काम गर्छ।
जतिपनि बिरामीहरु मौसमी रुघाखोकी लाएर अस्पताल आईपुग्नु हुन्छ उहाँहरु सबैले औषधि खाएर आउनु हुन्छ। प्राय: बिरामीले एन्टीवायोटिक खाईरहनु भएको हुन्छ। जुन मौसमी रुघाखोकीमा आवश्यकता नै छैन। त्यसले त उल्टो शरीरमा हानि गर्छ।एन्टीवायोटिकहरु अनावश्यक प्रयोग गर्नु हुदैन।

मौसमी रुघाखोकीमा टाउको दुख्ने, घाँटी दुख्ने, रुघाखोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, ज्वोरो आउने लगाएतका लक्षणहरु देखा पर्छन्। कोभीडको समयमा जस्तैखोक्दा हाच्छिउँ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने, साबुन पानीले हात धुने, भिडभाडमा नजाने लगायतका चिजहरु पालना गर्नु पर्छ।
कसरी बच्ने?

-खोक्दा या हाच्छिउँ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने
-साबुन पानीले मिचीमिची हात धुने
-आनावस्यक रुपमा मानिसहरुको भीडभाड भएको ठाउँमा नजाने।
-अनावस्यक रुपमा आँखा, नाक तथा मुखमा हात नलैजाने।
-अरुले प्रयोग गरेका रुमाल याकपडा प्रयोग नगर्ने।
-रुघाखोकी लागेका मानिसहरुसंग भौतिक दुरी कायम राख्ने
-पोषिलो र झोल पदार्थ प्रशस्त मात्रामा पिउने
-चिसोबाट जोगिने
-तातोपानी खाने, बाफ लिने
-सामान्य खोकी लागेको समयमा घरेलु औषधिहरु (तुलसीको पातको रस) खाने
-इन्फ्लुएञ्जाकोभ्याक्सिन लगाउने

(डा आचार्य परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पतालमा कार्यरत छन्।)स्वास्थ्य खबरपत्रिकाबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button