भिडियो चौतारीमूल खबर

मेचीनगर अनलाइनको उद्घाटन गर्दै मेचीनगरका मेयर बुढाथोकीले भने—‘गलतकर्म गर्नेहरु पत्रकारदेखि डराउनु पर्छ’

काँकरभिट्टा । पत्रकार अर्जुन कार्कीको सम्पादकत्वमा मेचीनगर अनलाइनको प्रकाशन प्रारम्भ भएको छ ।

मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकीले एक कार्यक्रमकाबीच अनलाइनको गद्घाटन गरेका थिए । मेचीनगर अनलाइको उद्घाटनका क्रममा मेयर बुढाथोकीले जसले गलतकर्म गरेको छ उसले पत्रकारदेखि डराउनु पर्ने बताए ।उनले मेचीनगर नगरपालिका सञ्चारमैत्री बन्ने कुरामा उपस्थित पत्रकारहरुलाई ढुक्क बन्न पनि बताए ।

सो कार्यक्रममा मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी, मेचीनगर प्रेस क्लवका अध्यक्ष डम्बर बराल, कान्तिपुर दैनिकका उपसम्पादक पर्वत पोर्तेल, प्रेस चौतारी झापाका सचिव प्रकाश पौडेल, प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष झुलन रेग्मी, आदिबासी जनजाति पत्रकार महासंघ झापाकी अध्यक्ष भूमिका सुब्बा, मेचीनगर प्रेस क्लवका पूर्व अध्यक्ष मुक्ति पौडेल, चौतारी पोस्ट अनलाइनका सम्पादक जी एन शर्मा, सामाजिक कार्यकर्ता हरि दाहाल लगायतले शुभकामना व्यक्तगरेका थिए ।

कार्यक्रममा अनलाइनका बारेमा सम्पादक अर्जुन कार्कीले प्रकाश पारेका थिए भने नारी सञ्चार गृह झापाकी पूर्व अध्यक्ष अम्बिका भण्डारीले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।
पाउँ पाथिभरा सञ्चार प्रालि प्रकाशक रहेको मेचीनगर अनलाइनमा कृषि, शिक्षा, स्वास्थ्य लगायतका विषयका समाचार प्राथमिकतामा रहने सम्पादक कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button