
गजल
समस्या त सँगसगै छ भागेर के भयो,
अघि छ पेट सँगसगै सिमाना नाघेर के भयो।
मानौ नमानौ असलमा पेटको कथा,
निर्दोष छु भन्दै सधै ढांटेर के भयो।
गयो ऊ, बा आमाँको उपचार गराउन,
फर्किएन छोरा हृदय थामेर के भयो।
प्रेमिकालाई आउँछ रूपियाँ खाममा,
बा अनि आमाले सपना देखेर के भयो।
मर्दा दिन अवस्य आएर काज गर्नेछ,
कसैले स्वर्ग जानलाई छेकेर के भयो।
जिवित छँदा नर्कमा बिताए जिन्दगी,
मरेपछिको धुँवाले स्वर्ग हेरेर के भयो।



