मूल खबर

पूर्वराजा ज्ञानेन्द्र शाहसँग राप्रपाका नेताको भेटवार्ता, के भयो कुराकानी ?

न्युज अफ नेपाल
काठमाडौं ।

राजतन्त्रको वाकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेका छन्।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले झापामा रहेको पूर्वराजा शाहसँग भेटवार्ता गरेका हुन्। भेटमा सहभागी राप्रपाका महामन्त्री धवल शमशेर राणाले पूर्वराजा शाहसँग भेटका क्रममा कैद गरिएको तस्बिर सामाजिक सञ्जालमा राखेका छन्।

तस्बिरसँगै उनले लेखेका छन्, ‘झापाको दमकमा भेटघाट,’ तर, राणाले भेटघाट भएको मितिबारे केही खुलाएका छैनन्।यता राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले उक्त भेट बुधबार (आजै) भएको पुष्टि गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button