खबर

नेपाल प्रहरीका पाँच एआईजीले लगाए दर्ज्यानी चिह्न

न्युज अफ नेपाल
काठमाडौं ।

नेपाल प्रहरीका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूले दर्ज्यानी चिह्न लगाएका छन्। प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताज सिंहले बढुवा भएर एआईजी बनेकाहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यले बुधबार दर्ज्यानी चिह्न लगाइदिएका हुन्।

मन्त्रिपरिषद्को चैत ६ गतेको बैठकले उनीहरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)बाट एआईजीमा बढुवा गर्ने निर्णय गरेको थिए । प्रहरीको ३० वर्षे सेवा अवधिको प्रावधानअनुसार हालका प्रहरी महानिरीक्षक (आईजीपी) सिंहको कार्यकाल यही ११ गते सकिँदैछ। त्यसअघि नयाँ आईजीपीको टुंगो लाग्नेछ। बढुवा हुँदा वसन्तबहादुर कुँवर पहिलो नम्बरमा छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button