मूल खबर

उपनिर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकियो

गोरखापत्र अनलाइन
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ। आयोगले आउँदो वैशाख १० गते तीनवटा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा उम्मेदवारको खर्च सीमा निर्धारण गरेको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार चितवन–२ र बारा–२ मा उम्मेदवारले २९ लाख रुपियाँ तथा तनहुँ–१ मा ३१ लाख रुपियाँ खर्च गर्न पाउने सीमा तोकिएको जानकारी दिनुभयो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button