खबर

सभापति लामिछानेविरुद्ध अख्तियारमा उजुरी

न्युज अफ नेपाल
काठमाडौँ।

कञ्चनपुरका पत्रकार खेम भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्।
उनले शुक्रबार सभापति लामिछानेविरुद्ध अख्तियारमा अनलाइन उजुरी दिएका हुन्।

गृहमन्त्री हुँदा लामिछानेले राष्ट्रिय परिचयपत्र रुजुसम्बन्धी गैरकानुनी कार्यविधी बनाएर भ्रष्टाचार गर्ने नियतले ठेक्का आव्हान गरेको विषयमा उजुरी दिएको पत्रकार भण्डारीले बताए।

‘आज मैले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनलाइन उजुरी दिएको छु,’ उनले भने, ‘उजुरी दर्ता भइसकेको छ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button