मूल खबर

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि दोहोरो दबाब

काठमाडौं । सांसद विकास कोषमार्फत सांसदलाई दिइँदै आएको बजेटका सन्दर्भमा सरकारलाई दोहोरो दबाब बढेको छ ।

प्रधानमन्त्री र अर्थमन्त्रीलाई कतिपय सांसदहरूले उक्त बजेट आवश्यक नभएकाले आगामी बजेटमा राख्न नहुने दबाब दिँदै आएका छन् भने अधिकांश सांसदहरूले सांसद विकास कोष राख्नुपर्ने भन्दै दबाबका लागि हस्ताक्षर संकलन शुरू गरेका छन् ।

प्रतिनिधिसभाका सांसदहरूले सांसद विकास कोषका पक्षमा हस्ताक्षर संकलन गरेर अर्थमन्त्रीलाई बुझाउने तयारी गरिरहेको जानकारी दिँदै शनिबार हस्ताक्षरकर्तामध्येकै एक सांसदले शनिबार नेपाल समाचारपत्रसँग भने–‘पार्टीको कुनै निर्देशन छैन, सांसद विकास कोष आवश्यक छ भनेर स्वःस्फूर्त रूपमा सांसदहरूले हस्ताक्षर संकलन गरेर अर्थमन्त्रीलाई बुझाउने तयारी गर्दैछौं ।’

निर्वाचनमा विकास निर्माणको प्रतिबद्धता जनाएर आएका सांसदहरूलाई सांसद विकास कोष नभए जनतामाझ जाँदा कमजोर सावित हुने डर रहेको सांसदहरू नै बताउँछन् ।नेपाल समाचारपत्र दैनिकमा  छ ।

तर शुक्रबार बजेटकै विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराउँदै राष्ट्रिय सभाका सदस्यहरूले सांसदका नाममा रकम बाँडिए मुलुकभर नकारात्मक सन्देश जाने भन्दै सांसद विकास कोषलाई पूर्ण रूपमा कटौती गर्नुपर्नेमा जोड दिएको संसद् सचिवालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button