खबर

शीतभण्डार प्रयोगविहीन

दोलखा । दोलखाको शैलुङ गाउँपालिका–३, बोथ्लेमा निर्माण गरिएको शीतभण्डार प्रयोग हुन सकेको छैन। बागमती प्रदेश सरकारको छ करोड रुपियाँ लगानीमा निर्माण भएको प्रदेशकै ठुलो तीन सय मेट्रिक टन क्षमताको यो शीतभण्डारमा तरकारी र आलु पकेट क्षेत्रका किसानले उत्पादित वस्तु राख्न चासो नदिएपछि प्रयोगविहीन बनेको हो।

निर्माण सम्पन्न भई शीतभण्डारमा आवश्यक सबै उपकरण जडान भइसकेको छ। किसानले बारीबाट सिधै व्यापारीलाई कृषि उत्पादन बिक्री गरेपछि भण्डार खाली भएको हो। शैलुङ आलु पकेट क्षेत्रका रूपमा रहे पनि किसानले निर्मित भण्डार अपायक स्थानमा बनेकाले राख्न इच्छा नै नदेखाएको स्थानीय मोहनसिंह तामाङले बताउनुभयो। यहाँ उत्पादित किवी र तरकारीसमेत किसानले शीतभण्डारमा राखेका छैनन्।

गाउँपालिकाले निश्चित रकम लिएर किसानलाई भण्डार प्रयोग गर्न दिन सूचना गर्दै आएको छ। भण्डार व्यवस्थापनको कार्यविधि बनाएर सञ्चालनको तयारी भइरहेको सो गाउँपालिकाले जनाएको छ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button