मूल खबर

एनएमबी बैंक शाखामा पेस्तोल देखाएर ३५ लाख लुटपाट

न्युज अफ नेपाल
काठमाडौं ।

महोत्तरीमा एनएमबी बैंकमा लुटपाट भएको छ । महोत्तरी गाउँपालिका- २ स्‍थित एनएमबि बैंकको शाखा कार्यालयमा लुटपाट भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिपकुमार गिरीले जानकारी दिए।

यकिन रकम कति लुटेको हो भन्ने नखुलेको डिएसपी गिरीले बताए। चार जना अज्ञात व्यक्तिहरूले आएर बैंक लुटेको उनले बताए । ‘हतियारसहित आएका चार जना व्यक्तिहरूले लुटेर फरार भएका छन् । उनीहरुकाे खाेजीकार्य भइरहेको डिएसपी गिरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button