स्वास्थ्य

लाख पुगे आँखादान गर्ने इच्छुक

काठमाडौँ । नेपाल आँखा बैङ्कमा हालसम्म एक लाख जनाले मात्र मृत्युपश्चात् आँखादान गर्न इच्छा व्यक्त गरेका छन्। तिलगङ्गा आँखा अस्पतालकी प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले भन्नुभयो, “आँखाका नानी दान गर्ने प्रण गरेका व्यक्ति तथा मृत्युपश्चात् हालसम्म सङ्कलित आँखाका नानीमध्ये १२ हजार ३४० व्यक्तिले आँखादानबाट प्राप्त आँखाले दृष्टि पाएका छन्।” नेपाल आँखा बैङ्कका व्यवस्थापक शङ्खनारायण त्वाइनाले आँखाका नानीमा जन्मजात फुलो परेर समयमै उपचार नपाएर, अशिक्षा, अज्ञानता, गरिबी, विभिन्न घरेलु तथा हानिकारक परम्परागत उपचारका कारण आँखाको नानी बिग्रन सक्ने जानकारी दिनुभयो। आँखा अस्पतालका कार्यक्रम निर्देशक नवीन राईले आँखा बैङ्कले मृत्युपश्चात् आँखाका नानी दान गर्ने दाताबाट नानी सङ्कलन, परीक्षण र सञ्चय गरी आवश्यक परेका व्यक्तिलाई नानी उपलब्ध गराउँदै आएको बताउनुभयो। गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button