स्वास्थ्य

‘सुरुमै थाहा पाए क्यान्सर निको हुन्छ’

काठमाडौं । कुनै पनि व्यक्ति क्यान्सरको जोखिममा हुन सक्छ। त्यसैले यस्तो जोखिमबाट जोगिन विभिन्न जाँच गराउनुपर्छ। क्यान्सर छिप्पिएपछि निको हुँदैन तर, सुरु चरणमै थाहा पाएर उपचार गर्न सके निको हुन्छ।

सुरुमै थाहा पाउन विभिन्न जाँच गराउन सकिन्छ। क्यान्सर सचेतनाका लागि सद्भावना राजदूत तथा मेडिकल अन्कोलोजिस्ट डा. अरुण शाहीले क्यान्सरको जोखिमबाट जोगिन विभिन्न उपाय सुझाएका छन्।

उनले क्यान्सरबारे सचेतना जगाउन आमसञ्चारका माध्यमको भूमिका अत्यन्त महत्वपूर्ण हुने भएकाले यसतर्फ सशक्त भएर लाग्न सञ्चारकर्मीलाई आग्रह गरेका छन्। उनले क्यान्सर लागेको सुरुकै अवस्थामा पत्ता लगाएर उपचार गर्न सके निको हुने बताए ।

आजभन्दा २० वर्ष पहिला र अहिलेको अवस्था फरक रहेको उनले बताए। क्यान्सर उपचारमा विकास भएका औषधि, रोग पत्ता लगाउने प्रविधि र उपकरणका कारण अब क्यान्सर निको हुने रोगमा समेटिन लागेको बताए।नागरिक दैनिकमा  छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button