मूल खबर

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको विरुवा रोपिदैं

काठमाडौं। आज हिन्दुधर्मालम्बीहरुले तुलसीको विरुवा रोपेर हरिशयनी एकादशी मनाउँदैछन् । आजको दिनमा निराहार व्रत बसेर भगवान विष्णु र तुलसीको पूजा अर्चना गरे मनले आटेको पुरा हुने जनविश्वास रहि आएको छ ।

निर्जला एकादशीको दिन बिउ छरेर आज तुलसीको विरुवा रोपिन्छ र हरि बोधनी एकादशीमा तुलसीको विवाह गरिन्छ । आजकै दिनदेखि भगवान विष्णु श्रीरसागरमा सुत्ने र ४ महिनापछि हरिवोधनी एकादशीमा उठ्ने विश्वास गरिन्छ । आषाढ शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी अथवा देवशयनी एकादशी भनिन्छ । यस दिनमा नेपाल र भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत राख्नुको साथै एक पर्वको रूपमा मनाउने गर्दछन् ।
पुराणहरूका मत अनुसार भगवान विष्णु यस दिन देखि चार महिनासम्म (चातुर्मास) पातालमा राजा बलिको द्वारमा निवास गरेर कार्तिक शुक्ल एकादशीमा फर्कन्छन् । यही प्रयोजनले यस दिनलाई ’देवशयनी’ तथा कार्तिकशुक्ल एकादशीलाई ’प्रबोधिनी’ एकादशी भनिन्छ ।

एकादशीको दिन प्रातःकाल उठेर घरको साफ–सफाई तथा नित्य कर्मबाट निवृत्त हुनुपर्छ । स्नान गरेर पवित्र जल घरमा छर्कने र घरको पूजा स्थल अथवा कुनै पनि पवित्र स्थलमा प्रभु श्रीहरि विष्णुको सुन, चाँदी, तामा अथवा पितलको मूर्ति स्थापना गर्नुपर्छ । तत्पश्चात उसको षोड्शोपचार सहित पूजन गर्ने र त्यसपछी भगवान विष्णुलाई पीताम्बर आदिले विभूषित गर्ने अनि तत्पश्चात व्रत कथा सुन्नु पर्छ । त्यसपछी आरती गरेर प्रसाद वितरण गर्ने । अन्तमा सेतो चादरले ढाकेको गद्दा–तकिया भएको खाटमा श्री विष्णुलाई शयन गराउनु पर्छ । व्यक्तिलाई यि चार महीनाको लागि आफ्नो रुचि अथवा अभीष्टका अनुसार नित्य व्यवहारका पदार्थहरूको त्याग र ग्रहण गर्ने ।

त्यसपछि देह शुद्धि या सुन्दरताको लागि परिमित प्रमाणको पञ्चगव्यको, वंश वृद्धिको लागि नियमित दूधको, सर्वपापक्षय पूर्वक सकल पुण्य फल प्राप्त हुनाको लागि एकमुक्त, नक्तव्रत, अयाचित भोजन अथवा सर्वथा उपवास गर्ने व्रत ग्रहण गर्नुपर्छ ।
आजको दिन मधुर स्वरको लागि गुड, दीर्घायु अथवा पुत्र–पौत्रादिको प्राप्तिका लागि तेल, शत्रुनाशादिको लागि तिलको तेल, सौभाग्यको लागि मिठो तेल, स्वर्ग प्राप्तिको लागि पुष्पादि भोग, प्रभु शयनका दिनहरूमा सबै प्रकारका मांगलिक कार्य नगर्ने । खाटमा सुत्ने, भार्यासँग मैथुन गर्नु, झूठो बोल्नु, मांस, मह र अरुले दिएको दही–भात आदिको भोजन गर्नु, मूला, पटोल एवं भण्टा आदिलाई पनि त्याग्नु पर्छ ।EmountainTv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button