
झापा । लेखक निरोज कट्टेलले ‘झापा विद्रोह’को राजनीतिक इतिहासलाई समेटेर पुस्तक प्रकाशित गरेका छन् । उनको पुस्तकको नाम ‘२०२८’ रहेको छ । भदौ २ गते पुस्तक लोकार्पण हुँदैछ ।
पुस्तकका लेखक कट्टेलले चौतारी पोष्ट अनलाइनसँगको संक्षिप्त कुराकानीमा भने—यो पुस्तकल झापा विद्रोहका पात्रहरुको अप्रकाशित अन्तरकथाहरु उजागर गर्ने प्रयास गरेको छ ।’
विसं २०२८ सालमा झापामा भएको सशस्त्र कम्युनिस्ट विद्रोहलाई तत्कालीन पञ्चायती सरकारले दमन गरेको थियो ।
कट्टेलको कृति ‘२०२८’ले दुबै पक्षका घटना, पात्र र प्रवृत्तिहरुको खोज गर्दै पाठकलाई ऐतिहासिक झापा विद्रोहको बारेमा तत्कालिन विद्रोहका बारेमा जानकारी दिने विश्वास गरिएको छ ।
को नेपालमा कनेक्सन आदिका बारेमा खोजमूलक विवरण कृतिमा पढ्न पाइने भएको छ ।
पुस्तक ३०४ पृष्ठको रहेको छ । बेला पब्लिकेसनले पुस्तक छापेको छ भने दोबिला बुक्स काठमाडौंले भदौ २ गतेदेखि नै देशभर यसको विक्री वितरणको व्यवस्था मिलाइएको छ । झापाको अंकित, प्रगति, इशा, सम्पूणर् लगायत देशभरका पुस्तक पसलमा भदौ २ गतेबाटै पुस्तक विक्री सुरु हुने दोबिला बुक्सले जनाएको छ ।
भदौ २ गते काठमाडौंको मण्डला थिएटरमा प्रसिद्ध राजनीतिज्ञ घनश्याम भुसाल, पत्रकार सुधीर शर्मा र युवा राजनीतिज्ञ मानुषी भट्टराई पुस्तक विमोचन समारोहको वक्ता रहने लेखक कट्टेलले जानकारी दिए ।


