
कविता
रहर त मेरो पनि थुप्रैँ छन् !
महलमा बस्नेदेखि एसी जडीत गाडीमा श्रीमतीलाई राखेर शैयर गराउँनेसम्मका रहरैरहर
भएका भाल्टङभुल्टुङलाई लिएर तारे होटलमा छिर्ने
क्यासिनोमा रमाउनेदेखि जिन्दगी आनन्द र मजाले बिताउनेसम्म
यस्तै यस्तै रहर अनगिन्ती छन् मेरा
तर, के गर्नु रहर रहरमै सिमीत छ मेरो
किनकी रहर पुरा गर्ने न साधन छ नत श्रोत नै छ मसँग
त्यसैले म सपना मात्र धेरै देख्छु
तर, सपना सपनामै सिमीत बन्छन्
जिन्दगी के होला नि भनेर एक्लै सोच्ने गर्छु
अरूलाई हेर्छु , उनीहरूो रहर पुरा भएको देख्छु
अनि एक्लै बस्छु र मेरो रहर कविता लेख्छु
अनि ,भन्छु मेरो चाँहि किन रहर पुरा नभएको होला!
कहिले काहिँ आफैले आफैलाई प्रश्न गर्छु २
खोई तेरो चाँहि रहर पुरा भएको ?
अनि आफै जवाफ दिन्छु त्यही रहर पुरा नभएर त बनवास गएको
घरि घरि एकोरिरहन्छु
अनि अकास्मत फेरि आफैलाई सोध्छु
म जस्ता रहर पुरा नभएका कति होलान यहाँ ?
म अब यस्तो ठाउँ खोज्दैँ छु, सीमित श्रोत र साधनले असिमीत रहर पुरा हुन्छ जहाँ
पाईन्छ त्यो ठाउँ कहाँ
रहरै रहरमा सकिने भो यो जिन्दगी
रहरमा मात्रै पारे मैले सारा जीवन बर्बादी
हुनत् रहरै रहरमा पिउन सिके मैले
त्यसरी नै जिउन सिके मैले
रहरले नै पिएर अनि जिएर पनि हिड्न पनि सिकायो
रहरै रहरमा डुब्दा डुब्दै घरै छाड्ने पनि बनायो
हुन् त मान्छेका चाहाना र रहर असिमीत र अंख्य हुन्छन
भग्वानले पनि यस्तै नहुने नहुुनेलाई बडे बडे रहर मात्र दिन्छन
म पनि रहरमा हिजो डुबेँ, आज अनि भविष्यमा पनि डुब्दैँ छु


