
काठमाडौँ, साउन ३० गते । गायिका तृप्ति खड्का गुरुङको स्वरमा ‘बैँस जोवन’ बोलको गीत सार्वजनिक भएको छ । आनन्द पौडेलले लेख्नुभएको गीतमा मायाप्रेमको आत्मीय अनुभूति झल्कन्छ । गायिका खड्कालाई स्वरमा विजय गुरुङले साथ दिनुभएको छ । गायक गुरुङकै सङ्गीतमा तयार भएको गीत तृप्ति खड्का गुरुङको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतले साँचो प्रेम भनेको केवल अनुभूति होइन, त्यो जीवन जिउने आधार पनि हो भन्ने सन्देश दिने गायिका खड्काले बताउनुभयो ।
सारेगम स्टुडियो र आर एन्ड बी स्टुडियोमा रेकर्ड भएको गीतको मिक्सिङ, मास्टरिङ नरेश पाण्डेले गर्नुभएको छ । भिडियोमा विजय गुरुङ र रेखा स्त्रीको अभिनय रहेको छ । प्रकाश खड्का र समूहको छायाङ्कन एवं मिलन विश्वकर्मा कलर र सम्पादन रहेको गीतको निर्देशन कलाकार गुरुङले गर्नुभएको हो ।गोरखापत्र अनलाइन



