खबर

आज विश्व अहिंसा दिवस

काठमाडौं । आज अक्टोबर २ अर्थात विश्व अहिंसा दिवस । यस अवसरमा देश तथा विदेशमा विभिनन कार्यक्रम गरी यो दिवश मनाइँदैछ । सन् २००७ मा संयुक्त राष्ट्र सङ्घले सुरु गरेको अन्तर्राष्ट्रिय अहिंसा दिवसमा हामी मोहनदास करम चन्द गान्धी को नाममा जन्मेका तर विश्वभर महात्मा गान्धी भनेर चिनिने भारतीय नेताको जीवनशैलीलाई फर्केर हेर्नेछौँ । विश्वमै अहिंसाका लागि असाध्यै मानिएका नेता महात्मा गान्धीको आज जन्मदिन पनि हो ।

गान्धीको जीवनमा गहिरिएर हेर्न भन्दा पनि उनका विचारधारा र अहिंसाको आदर्शलाई आत्मसाथ गर्नका लागि आज विश्व भरि पैरवी गरिन्छ ।

अमेरिकाको न्यूयोर्कस्थित् संयूक्त राष्ट्र सङ्घको हेडक्वार्टर अगाडि कलाकार कार्ल प्रेडरिक रुटेसवार्डले बनाएको एउटा कृति छ जस मा बन्दुकको नाललाई बटारेर बाँधिएको स्वरूपमा राखिएको छ र यो कला हिंसाविरुद्ध धोतकका रूपमा विश्व प्रसिद्ध छ ।

कस्तो हुन्थ्यो यदि सिरिया र अफगानिस्तानका गल्लीहरूमा फेरि अहिंसा, क्षमा अनि समानताका शान्ति संकेतयुक्त बिगुल सुरुवात हुने हो भने रु संसारबाट रङ्ग, राष्ट्रियता, धर्म, भाषा, लवज अनि अन्य थुप्रै कुराहरूका आधारमा गरिने हिंसा नभइदिने हो भने अमेरिकी स्वतन्त्र सङ्ग्रामका महासेनानी मार्टिन लुथर किँग जुनियरले परिकल्पना गर्दै भनेका छन्, काला, गोरा, खैरा सबै जना एउटै टेबलमा बसेर खाना खाने दिन, हाँसोको दिन अनि समानताको दिन।

आज विश्व अहिंसा दिवस हो, बुद्धको देश नेपाल अनि हामी नेपालीको अहिंसाप्रति विशेष पहिचान छ, हामी धेरै सरल, शान्त अनि स्वतन्त्र प्रकृतिका छौँ। संसारको छाना सगरमाथा हाम्रै माटोमा अटल उभिइरहेको छ, सगरमाथाको टुप्पोदेखि महोत्तरी जिल्लाको मुसहर निया सम्म, मेचीको पुलदेखि महाकालीको छालसम्म अहिंसाका सन्देशहरूको बीजारोपण गर्न जरुरी छ र यही शान्तिको अकुंरणलाई विश्वसामु पुर्‍याउन पनि जरुरी छ ।

चाहे गीता होस् या कुरान, चाहे बाइबल होस या त्रिपिटक या अन्य कुनै पनि धार्मिक ग्रन्थ हुन, हिंसाले कसैको भलो गर्दैन भनेर उल्लेख गरिएको छ ।हिमालय टाइम्स

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button