खबर

प्रहरीमाथि कुटपिट गरेको आरोपमा कांग्रेस क्षेत्रीय सभापति पक्राउ

पोखरा ।

मादक पदार्थ सेवन गरी प्रहरीलाई कुटपिट गर्ने नेपाली कांग्रेसका क्षेत्रीय सभापति पक्राउ परेका छन ।

बागलुङ क्षेत्र नम्बर– १ (ख) का सभापति दलबहादुर श्रीषसहित २ जनालाई मापसे गरी प्रहरीमाथि कुटपिट गरेको अभियोगमा पक्राउ गरेको हो ।

गए राती बागलुङ जैमिनी नगरपालिका–१ कुश्मिसेरा बजारमा मादक पदार्थ सेवन गरी ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार (हातपात) गरेको अभियोग प्रहरीले लगाएको छ । उनीसँगै ३५ वर्षिय निर्मल रानालाई पनि बागलुङ प्रहरीले पक्राउ गरेको छ ।

सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा मुद्दा चलाइएको बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपी) मदन केसीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय बागलुङबाट ४ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ ।न्यूज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button