खबर

मुद्दा मिलाइदिने भनी ९९ लाख बढी ठगी गर्ने पक्राउ

काठमाडौँ । मुद्दा मिलाएर थुनामुक्त गराइदिने भनी ९९ लाख ७५ हजार रुपियाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एवम् उपनिर्देशक प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार काठमाडौँ जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि कारागार कार्यालय जगन्नाथ देवल थुनामा गएका सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ स्थायी घर भएका रेवन्त खड्काको मुद्दा मिलाई थुनामुक्त गराइदिने भनी पटक–पटक गरी सो रकम लिएका स्थायी घर भोजपुर भई हाल काठमाडौँ बस्ने २६ वर्षीय रितु राई र बर्दिया घर भई काठमाडौँ बस्ने २१ वर्षीय निरेश चौधरीलाई पक्राउ गरिएको छ ।

थुनामा खड्कालाई आपराधिक विश्वासघात र सङ्गठित अपराध समेत मुद्दामा केन्द्रीय अनुसन्धान ब्युरोबाट पक्राउ गरिएको थियो । उनीहरूमाथि आपराधिक विश्वासघात तथा ठगी मुद्दामा थप अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button