मूल खबर

बारामा एकको मृत्यु, ४५ सेल अश्रुग्यास र १२ राउण्ड हवाई फायर

झडपका क्रममा गाडीमा पुगेको क्षति । उपप्रमुखको गाडीमा ल्याइएको भाटा । तस्बिर: शिवशङ्कर

शिवशंकर मिश्र

बारा। बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा दुई पक्षबिच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने स्थिति नियन्त्रणमा लिन प्रहरीले ४५ सेल अश्रुग्यास र १२ राउण्ड हवाई फायर गरेको छ ।

बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा दुई पक्षबिच झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको हो ।

नगरपालिका कार्यालयमा नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर गएको विषयलाई लिएर दुई पक्षबिच झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको हो ।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले सिम्रौनगढ नगरपालिका वडा नं. १ बस्ने अन्दाजी २५ वर्षका लक्ष्मी मुखियाको निधन भएको पुष्टि गर्नुभयो ।गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button