
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) चितवनले मंगलबार एक प्रेस बिज्ञप्ति जारी गर्दै चितवनमा निर्माण सुरु भएको अन्तरास्ट्रिय क्रीकेट रंगशालाको आवरणमा भएको चलखेल रोक्न माग गरेको छ । जिल्ला सेक्रेटरी परिवर्तनद्वारा हस्ताक्षर गरिएको बिज्ञप्तिमा भनिएको छ ू कृषि तथा वनविज्ञान विश्वविद्यालय देशको भविष्य कृषिसँग जोडिएको छ । कृषि विश्वविद्यालयले देशकै अग्रणी दक्ष जनशक्ति उत्पादन मात्रै गर्दैन, देशको कुल जनसङ्ख्यासम्म पु¥याउने उत्पादनमा टेवा पु¥याउँदै आएको थियो । तर दुर्भाग्य, विगत केही वर्षदेखि यो कृषि तथा वनविज्ञान विश्वविद्यालयले एएफयूको केन्द्रीय क्याम्पसलाई व्यवस्थित गरी व्यक्तिगत क्याम्पसहरूलाई चुस्तरूपमा सार्नु आवश्यक छ। प्राविधिक शिक्षामा सर्वसाधारणको पनि पहुँच बढाउनुपर्ने बेलामा निजी क्याम्पसहरू दलाल शैक्षिक माफियाबाट प्रभावित भइरहेका छन् ।
आज कृषि तथा वनविज्ञान विश्वविद्यालय कर्मचारी र प्राध्यापक नियुक्तिको भर्ना केन्द्र बन्दै गएको छ । जसको परिणाम कृषि तथा वनविज्ञान विश्वविद्यालयका शैक्षिक माफियाले कृषि तथा वनविज्ञान विश्वविद्यालयको निजी क्याम्पसलाई सम्बन्धन दिएका हुन् । विश्वविद्यालयको स्वामित्वमा रहेको ३ सय एकड, चितवन इन्जिनियरिङ कलेजको ४० एकड र विश्वविद्यालयको नाममा २० एकड जग्गा मिलाएर अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नाममा कृषि तथा वनविज्ञान विश्वविद्यालयको जग्गा हडपने गरेको छ । धुर्मुस सुन्तली फाउन्डेसन कृषि विश्वविद्यालयका जग्गा दलालले शैक्षिक माफियासँग मिलेर प्रदेश सरकारको प्रत्यक्ष सम्वन्धमा थप एक सय एकड जग्गा लीजको नाममा बनाउन लागेको हो । हामी तपाईंलाई यो नगर्न अनुरोध गर्दछौं,यस्तो अवस्थामा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी

(माओवादी) चुप लागेर बस्न सक्दैन, त्यसैले यस विज्ञप्तिमार्फत हामी कृषि तथा वनविज्ञान विश्वविद्यालयका पदाधिकारीहरूलाई शैक्षिक दलाल माफियासँग मिलेर भएका आपराधिक गतिविधिको छानबिन गर्न आग्रह गर्दछौं । दोषीलाई कारबाही होस् र गलत निर्णय फिर्ता लिनुहोस्। अन्यथा दलाल शैक्षिक अधिकारी र दलाल शैक्षिक माफियाविरुद्ध देशको हितमा र कृषि तथा वनविज्ञान विश्वविद्यालय, रामपुर, राष्ट्रप्रेमी, राष्ट्रप्रेमी जनतासँग मिलेर कारबाही गर्न हाम्रो पार्टी बाध्य हुनेछ ।नेकपा (माओवादी ) चितवनका सेक्रेटरी ूपरिवर्तनू द्वारा हस्ताक्षरीत बिज्ञप्तिमा भनीएको छ।



