मूल खबर

मेचीनगरका प्रमुख प्रशासकीय अधिकृतमाथि अभद्र व्यवहार

झापा। मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीमाथि मेयर गोपालचन्द्र बुढाथोकीकै कार्यकक्षमा अभद्र व्यवहार भएको छ। प्रहरीका सई नवराज थापाको उपस्थितिमा ट्याक्टर चालक र व्यवसायीले रेग्मीमाथि अभद्र व्यवहार गरेका हुन्।

नगरपालिकाका मेयर बुढाथोकी र उपमेयर मिना पोखरेल उप्रेतीले तथा नगरपालिकाका स्थानीय तह कर्मचारी हकहित संघर्ष समितिका अध्यक्ष ईश्वरीकुमार भट्टराईले  छुट्टाछुट्टै विज्ञप्ती जारी गरी दोषीमाथि तत्काल कार्वाहीको माग गरेका छन्।

शनिबार नगरपालिकामा आन्तरिक आय संकलनबारेको बैठक थियो। नगर प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकिय अधिकृत तथा अन्य शाखा प्रमुखहरू सहितको उक्त बैठकमा ढुङ्गागिटि र बालुवाको ठेक्का लगाउने विषयमा छलफल भएको थियो। नदीजन्य पदार्थको निकासी(ढुवानीमा विगतदेखि नै कानुनी समस्या देखा परेका र त्यसलाई समाधान गर्न बैठक बसिरहेको समयमा प्रमुख प्रशासकीय अधिकृतमाथि अभद्र व्यवहार भएको हो। कन्ट्याक्टर राजकुमार थापा र उनको साथमा आएका प्रभात राई भनिनेले दुर्व्यवहार गरेको विज्ञप्तीमा जनाईएको छ।

मेयर बुढाथोकी र उपमेयर उप्रेती तथा संयोजक भट्टराईले सभ्य समाजले सहन गर्न नसक्ने, अमर्यादित, अशिष्ट, अभद्र एवं हर्कतपूर्ण व्यवहार भएको भन्दै दोषीलाई कडा कानुनी कार्वाही गर्न माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button