
चौतारी पोष्ट अनलाइनबाट झापा मेचीनगर ७ भान्सा खोलाका भीम गणेशको आर्थीक समस्याका कारण उपचार हुन नसकेको समाचार प्रकाशन भए पछि काँकरभिट्टाका सामाजिक अगुवा बिजय डालमिया र हरि तिम्सिनाले चासो राखेका थिए । हामीले गणेशको घर र उनको अवस्थाका बारेमा थप जानकारी दिए पछि डालमिया र तिम्सिना उनको घर नै पुगेका थिए । समाजिक अगुवाहरु डालमिया र तिम्सिनाले भीमको घरमै गएर उनको अवस्था बारेमा जानकारी लिए पछि उनको उपचारका लागि पहिल गर्ने बताएकाछन् ।भोली नै देखि भीमको खुट्टाको उपचारका लागि आफुहरु लाग्ने डालमिया र तिम्सिनाले बताए ।



