
काठमाडौ । महावीर नेतृत्वको नेकपा(माओवादी)को युवा कम्युनिष्ट केन्द्रको प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ । प्राप्त जानकारी अनुसार सो भेलाले बैज्ञानिक समाजवादका लागि जनसंघर्ष र वर्गसंघर्षलाई तेज बनाउने लगायतका निणर्य भएको बताईएको छ ।सो भेला ६ नं प्रदेशमा गरिएको बताईएको छ ।
प्राप्त जानकारी अनुसार सो पार्टीका केन्द्रीय जनसरकार प्रमुख रणदीपको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो ।सो भेलाले विकल्पको नेतृत्वमा २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको बताईएको छ ।
निर्वाचित पदाधिकारीहरुमा उपाध्यक्षमा राहुल, महासचिवमा सिद्धान्त,सचिवमा शिखर र कोषाध्यक्षम विनयी लगायत रहेकाछन् ।आगामी फागुन १ गते राष्ट्रिय सम्मेलन गर्ने गरि भेला सम्पन्न भएको र भेलाले जनसंघर्ष र वर्गसंघर्षलाई तेज बनाउँदै सामाजिक बिकृति र विसंगति बिरुद्ध आवाश्यकता अनुसार जनकारबाही समेत गर्ने गरि निणर्य गरिएको बतार्ईएको छ ।

प्रचण्ड लगायतका माओवादी नेताले जनयुद्धको मर्म र भावना अनुसार काम गर्न नसकेको भन्दै उनीहरुलाई दक्षिपन्थी र अवसरवादीको आरोप लगाउँदै आएको महावीर नेतृत्वको नेकपा(माओवादी)को यो भेलाले आगामी दिनमा आवाश्यकता परेमा पुनः जनयुद्धमा जान सक्ने समेत बताएको छ ।प्राप्त जानकारी अनुसार यो भेलाले चार ‘ज’अर्थात जनसेना, जनसुरक्षा, जनयुद्ध र जनसंघर्षलाई समेत भावी कार्यक्रमका रुपमा अगाडि सारेको छ ।



