
नेकपा(एमाले)का नेताहरु बिन्दा पाण्डे, उषाकिरण तिमल्सिना र भीम रावललाई सो पार्टीले स्पष्टिकरण सोध्ने भएको छ ।नेकपा (एमाले)को केन्द्रीय कार्यालय भवन निमार्णका लागि भाटभटेनीका संचालक मीनबहादुर गुरुङ्गले जग्गा दान दिएपछि पाण्डे,तिमल्सिना र रावलले सो विषयमा दिएको धारणाका बारेमा एमालेले उनीहरुलाई स्पष्टिकरण सोध्ने निणर्य गरेको छ ।



