कृषि र किसान

पाक्न थाल्यो स्याउ तर बाटो बन्द

शेरबहादुर सार्की

बाजुरा, साउन १९ गते । स्याउ पाक्ने बेला बर्सेनि बाटो बन्द हुने नियतिले यहाँका किसानलाई मर्का पर्ने गरेको छ । गत जेठको अन्तिमदेखि अहिलेसम्म यहाँको मार्तडी–कोल्टी सडक अवरुद्ध छ । यो सडक असोज, कात्तिकयता सञ्चालन हुने सम्भावना पनि छैन ।

यहाँ साउन १५ देखि भदौको अन्तिम साता स्याउ तयार हुन्छ । बुढीनन्दा नगरपालिका–९ का स्याउ किसान प्रकाश रोकाया स्याउ पाक्ने बेला बाटो बन्द हुँदा बिक्री गर्न नपाउने चिन्तामा हुनुहुन्छ ।

“मेरो चार/पाँच सय स्याउका बोट छन् । अधिकांश बोट अहिले राम्रोसँग फलेका छन् । यता बारीमा स्याउ पाक्ने समय भयो । उता मार्तडी–कोल्टी सडक खुल्ने छाँट छैन, स्याउ कसरी बजारसम्म पु¥याउने ?” उहाँले प्रश्न गर्नुभयो । बाटो बन्द नभएको भए व्यापारी स्याउ लिन स्याउबारीमा आउने गर्थे तर बाटो बन्द भएपछि व्यापारी आउँदैन । आफैँले त्यो स्याउ पिठिउँमा बोकेर बजारसम्म पु¥याउन नसकिने उहाँको भनाइ छ ।

बर्सेनि दोहोरिने यो समस्या समाधानका लागि धेरै पटक सम्बन्धित निकायमा गुनासो गर्दै आए पनि समस्याको केही सुनुवाइ नभएको रोकायाले बताउनभुयो ।

जिल्लाको पूर्वीउत्तर क्षेत्रका बुढीनन्दा, हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकामा स्याउ राम्रो फल्ने गर्छ । हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाका किसानको स्याउ कर्णाली कोरिडोर हुँदै देशका विभिन्न ठाउँमा जाने गरेको भए पनि यता बुढीनन्दा नगरपालिकामा उत्पादन भएको स्याउ भने बजारसम्म लैजान समस्या हुने गरेको छ । फाटफुट रूपमा खप्तडछेडेदहका काँडा, गौमूल र बडीमालिका केही ठाउँमा पनि स्याउ उत्पादन हुन्छ । पहिला यहाँ लोकल जातको मात्र स्याउ उप्पादन हुने गथ्र्यो । अहिले यहाँका किसानले गाला फुजी र गोल्डेन नयाँ जातको स्याउ उत्पादन गर्ने गरेका छन् । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार यहाँ १७० हेक्टर जमिनमा स्याउ खेती गरिन्छ । गत वर्ष एक हजार २० मेट्रिक टन स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताउनुभयो । उहाँका अनुसार यहाँको स्याउ बजारसम्म पु¥याउन केन्द्रले ढुवानी अनुदान दिने गरेकोे छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button