सृजनाको चौतारी

बा !त्यो केहो ?

कविता
बा! त्यो अग्लो टाकुरो केहो ?
कंक्रिटको पहाड हो कि महत्वकाँक्षाको हिमाल हो ?
रवाफको शिखर हो कि विकासको ईतिहाँस हो
बा! त्यो केहो ?
त्यो टाकुरामा चढेर म तपाईको जयजयकार गरुँ कि
टाकुरा माथि पुगेर तलका सबैलाई धम्भको हुँकारले हप्काउँ
कहिले त्यसको नाम एउटा हुन्छ कहिले त्यसको नाम अर्कै हुन्छ
बा! त्यो हो चै केहो ? त्यहाँ के गर्ने हो ?
तल बस्ने मान्छेहरुका आँशुलाई देखेर हाँस्ने ठाउँ हो कि ?
दुःख र पिडालाई बेचेर खुशीका समान खरिद गर्ने ठाउँ हो ?
बा !त्यो केहो ?
टाकुरा माथि चढेर बबुराहरु अभावलाई नियाल्ने ठाउँ हो कि ?
आश्वासन र प्रलोभनका मिठाई बेचेर आफु मस्ती गर्ने ठाउँ हो ?
बा!वास्तवमा त्यो केहो ?त्यहाँ के गर्ने हो ?त्यो कसका लागि हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button