मूल खबरहेड लाइन

अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटना

काठमाडौँ।

भारतको गुजरात अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ। विमान अहमदाबादबाट लन्डनका लागि उडेको केही समयमै दुर्घटना भएको हो। विमानमा २४२ यात्रु सवार रहेको बताइएको छ।

अहमदाबाद अग्निशमन विभागले घटनाको पुष्टि गरेको छ। दुर्घटनास्थलमा दमकलका गाडीहरू पुगेका छन्।

अहमदाबाद विमानस्थलको टर्मिनल-१ प्रबन्धकले बीबीसी हिन्दीलाई बताएअनुसार विमानस्थल क्षेत्र बाहिर धुवाँ देखिएको थियो, त्यसपछि सम्पूर्ण टोली अनुसन्धानका लागि घटनास्थलमा गएको हो।घटनाको विस्तृत विवरण आउन बाँकी छ।न्युज अफ नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button