
झापा ।नेकपा(एकीकृत समाजवादी)झापा जिल्ला कमिटीका अगुवा कार्यकर्ताहरुले घनश्याम भुसाललाई साथ दिने भएकाछन् ।केही दिन अघि नेकपा(एकीकृत समाजवादी)माओवादी केन्द्रसँग एकता हुदा मौन रहेका उनीहरुले अब घनश्याम भुसाललाई साथ दिने बताएकाछन् ।
नेकपा(एस)झापाका युवा नेता श्रीप्रसाद सिटौलाले आफुहरु नेताका नभएर विचारकापछि लाग्ने बताए ।उनले नेताले जताजता भन्यो उतैउतै लाग्ने सिद्धान्त आफुले नपढेको बताउँदै घनश्याम भुसालले बोकेको विचारसँग् सहमत भएकाले उनैलाई साथ दिने बताए ।नेकपा(एस)र नेकपा(माओवादी केन्द्र)बीच पार्टी एकता भएपछि झापाका कतिपय नेताहरु एकता प्रकृयामा गएका थिए ।
सिटौलाका अनुसार केही दिनमै एकता प्रकृयामा नगएका झापाका कार्यकर्ताहरुले भुसाललाई साथ दिएको औपचारिक घोषणा गर्ने समेत बताए ।भुसाल नेतृत्वको एकीकृत समाजवादी पुनर्रगठन अभियान र चन्द्रदेव जोशी नेतृत्वको नेकपा(संयुक्त)बीच पार्टी एकता भएको छ । एकतापछिको बैठकबाट घनश्याम भुसाल नेकपा(संयुक्त)का कार्यवहाक अध्यक्ष भएकाछन् ।
सिटौलाका अनुसार केही दिनमै माओवादी केन्द्रसँगको एकता प्रकृयामा नगएका नेकपा(एस)का जिल्ला कमिटी लगायतका झापा जिल्लाका सबै कार्यकर्ताहरु औपचारिक घोषणाका साथ नेकपा(संयुक्त)सँगको एकता प्रकृयामा समाहित हुने बताए ।



