खेलकुद

नेयमारको दुई गोल, पीएसजी बराबरीमा

एजेन्सी – ब्राजिली फरवार्ड नेयमार जुनियरले दुई गोल गरेपनि पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा बराबरीमा रोकिएको छ । घरेलु मैदानमा पीएसजीले मोनाकोसाग ३–३ गोलको बराबरी खेलेको हो ।

पार्क डि प्रिन्सेस स्टेडियमा नेयमारले दुई गोल गर्दा एक गोल उपहार पाएको थियो । मोनाकोका गिल्सन मार्टिन्स, विसाम विन यडर र इस्लाम स्लिमानीले गोल गरे ।

पहिलो हाफमा ५ गोल हुदा दोस्रो हाफमा एक गोल भएको थियो । खेलको तेस्रो मिनेटमा नै नेयमारको गोलबाट पीएसजी खेलमा अघि बढेको थियो । साँतौ मिनेटमा गिल्सनले बराबरी गोल फर्काए ।

१३औं मिनेटमा विसाम विन यडरले गोल गरेपछि पीएसजी खेलमा २–१ ले पछि परेको थियो । २४औं मिनेटमा फोडे बालोले आत्मघाती गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुगेको थियो ।

४२औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई पहिलो हाफमा ३–२ ले अघि बढाए । ७०औं मिनेटमा इस्लाम स्लिमानीले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल हुन नसक्दा खेल बराबरीमा टुंगियो ।

बराबरीपछि पीएसजी १९ खेलबाट ४६ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । एक खेल बढी खेलेको मार्सेली ४१ अंक जोडेर दोस्रो स्थानमा छ । मोनाको २९ अंक जोडेर आठौं स्थानमा छ ।hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button